समाज

रानी–किमाथांका त्रिदेशीय मार्ग : दुहबी खण्डको काम ९ वर्षसम्म किन अघि बढेन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २२ गते १८:३७
रानी–किमाथांका त्रिदेशीय मार्ग : दुहबी खण्डको काम ९ वर्षसम्म किन अघि बढेन ? (भिडियो रिपोर्टसहित)

२२ माघ २०७८ सुनसरी । रानी–किमाथांका व्यपारिक त्रिदेशीय मार्ग अन्तरगत दुहबी खण्डको काम ९ वर्ष हुँदासम्म अघि बढ्न सकेको छैन । स्थानीय जग्गासहित मुआब्जा माग गर्ने र योजनाले मुआब्जा रकम दिन आनाकानी गर्नाले काम अघि बढ्न नसकेको हो ।

रानी–किमाथांका ६ लेन सडक परियोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान सडक योजना शुरुवात भएको ९ वर्ष पूरा भयो । तर, दुहबी क्षेत्रको २ किलोमिटर सडकको ठेक्का सम्झौता नै हुन सकेको छैन ।

दुहबी बजारबाट इनरुवा जाने चोकदेखि लुनकरण दास अस्पतालसम्म ६३० मिटर सडक सरकारले निर्धारण गरेको ‘बिल्ट अप’ क्षेत्रमा पर्छ । राजपत्रमा तोकिएको सडकको क्षेत्राधिकार अनुरुप यहाँका स्थानीयले १६ मिटर छोडेर घर बनाएका छन् । यद्यपि उक्त जग्गाको मालपोत कर आफूहरुले तिररहेका कारण जग्गासहित मुआब्जाको माग गरिरहेका छन् ।

विवादित २ किलोमिटर क्षेत्रमा २ सय ८ वटा घर छन् भने दुहबी बजारबाट इनरुवा जाने चोककदेखि लुनकरण दास अस्पतालसम्म ६३० मिटरमा १७७ घर रहेका छन् । जग्गासहित सबैको मुआब्जा दिँदा एक अर्बभन्दा बढी खर्च हुने अनुमान छ । तर सडकको लागत भने २० करोडको मात्र रहेको छ ।

अन्तिम पटक २०७७ पुस १८ गते योजनाले सडकको १५ मिटर दाँया र १५ मिटर बाँया सडक क्षेत्राधिकारभित्र पर्ने घर तथा अन्य संरचना हटाउन सूचना जारी गरेको थियो । तर सूचना अनुसार काम गर्नुको सट्टा यहाँका स्थानीयले माघ ७ गते सर्वोच्चमा मुद्दा दायर गरे र सर्वोच्चले पनि तत्काललाई घर नभत्काउन भन्दै ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गर्यो । सो आदेशको हालसम्म पनि फैसला नहुँदा योजनाको यो खण्डको काम अलपत्र परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *