समाज

धनकुटामा यातायात कार्यालय पूर्ण सञ्चालन, इटहरी झर्नुपर्ने बाध्यता अन्त्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ५ गते १८:०८
धनकुटामा यातायात कार्यालय पूर्ण सञ्चालन, इटहरी झर्नुपर्ने बाध्यता अन्त्य (भिडियो रिपोर्टसहित)

५ माघ २०७८ धनकुटा । धनकुटामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको तीन वर्षपछि बल्ल पूर्ण रुपमा संचालनमा आएको छ ।

कामको अख्तियारी नपाउँदा यो कार्यायलले आंशिक सेवा मात्र दिँदै आएको थियो । भर्खरै अख्तियारी पाएको कार्यालयमा अहिले चहलपहल बढेको छ भने पूर्वी पहाडका सवारी चालकलाई सजिलो समेत भएको छ ।

कार्यालय स्थापनाको झण्डै तीन वर्षपछि यातायात व्यवस्था सेवा कार्यालय धनकुटाले सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । २०७६ मा स्थापना हुँदा कार्यालयले सवारी दर्ता नवीकरण, रुट परमिट, सवारी कर र सवारी जाँचपासलगायतका सेवा मात्र दिँदै आएको थियो ।

कार्यालयबाट धनकुटासहित पूर्वी पहाडका तेह्रथुम, भोजपुर र संखुवासभाका सवारी चालकले सेवा पाउने छन् ।

लाइसेन्स नवीकरण, यातायात सेवाको नाम पञ्जीकरण, सवारी दर्तालगायतका काम पनि हुन थालेपछि चार जिल्ला मात्र होइन, आसपासका जिल्लाबासीलाई समेत सानो कामका लागि इटहरी झर्नुपर्ने झन्झट हटेको छ ।

प्रदेश राजधानीको माग राख्दै लामो समयसम्म आन्दोलन चलिरहेका बेला धनकुटाको आन्दोलन मत्थर पार्न ०७६ वैशाखमा प्रदेश सरकारले धनकुटामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको थियो । यो कार्यालय स्थापनाले चार जिल्ला मात्र नभएर आसपासका जिल्लाका सेवाग्राहीले समेत राहत महशुस गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *