आर्थिक

भारतबाट हुने विलासिताका सामानको आयात घट्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते १७:१४
भारतबाट हुने विलासिताका सामानको आयात घट्यो (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । सरकारले विलासिताका समान आयातमा कडाई गर्न शतप्रतिशत मार्जिन लिई प्रतीत–पत्र एलसीमार्फत मात्र आयात गर्ने व्यवस्था गरेपछि भारतबाट हुने आयात घटेको छ ।

भारत लगायत तेश्रो मुलुकबाट विलासिताका समान बढी आयात भएको र विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले विलासीवस्तुको आयात घटाउने निर्णय गर्दै यो व्यवस्था ल्याएको छ ।

यसले भैरहवा भन्सार हुँदै आयात हुने सामग्री घटेको छ भने राजस्व असुलीसमेत प्रभावित भएको छ ।

यसअघि १० प्रतिशत मार्जिन लिई आयात हुने वस्तुहरु अब मूल्य अनुसार शतप्रतिशत मार्जिन राखेर प्रतीत पत्रमार्फत मात्र आयात हुने व्यवस्था गरिएको छ ।

पछिल्लो नियमले भन्सार आयातमा ६० प्रतिशतभन्दा बढी कमी आएको छ । पहिला दैनिक ५ सयदेखि ७ सय मालवाहक ट्रक भित्रिने गरेकोमा अहिले त्यो घटेर १ सय ५० देखि २ सय ५० को हाराहारीमा पुगेको छ ।

मसला जन्य सामग्री, चक्लेट, पेय पदार्थहरु, सूतिजन्य पदार्थ, कस्मेटिक सामग्री, काठजन्य समान, जुत्ता चप्पल, टोपी हेल्मेट, टायल्स, मार्वल्स, ग्रेनाइट, फर्निचरहरुमा मूल्यको शतप्रतिशत मार्जिन राखी प्रतीतपत्र खोल्नु पर्ने व्यवस्था छ ।

यस्तै अटोमोबाइल्स र अन्य गाडीहरुको हकमा ५० प्रतिशत मार्जिन राखी एलसी खोल्नुपर्ने नियम ल्याएको छ । यो नियम पुस ५ गतेदेखि लागू गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *