विदेश

ओमिक्रोन भेरियन्टको असर सामान्यः अनुसन्धान

हिमालय टिभी
२०७८ पुष ८ गते ८:२०
ओमिक्रोन भेरियन्टको असर सामान्यः अनुसन्धान

८ पुस २०७८ न्युयार्क । ओमिक्रोन भेरिएन्टको असर सामान्य देखिएको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ ।

प्रारम्भिक तथ्यका आधारमा यसबाट संक्रमित भएकाहरू अन्य भेरिएन्टको तुलनामा अस्पताल भर्ना हुनुपर्ने अवस्था कम रहेको देखिएको छ ।

यसबाट संक्रमित भएर उपचार नै गर्नुपर्ने अवस्था अन्य भेरिएन्टको तुलनामा ३० देखि ७० प्रतिशत कम पाइएको हो । असर सामान्य रहे पनि सावधानीका उपाय अपनाउनु भने जरूरी रहेको छ ।

अविश्वसनीय रुपमा तिव्र गतिमा फैलिरहेको संक्रमणले यस्तो सामान्य अवस्था लामो समय नरहने भन्दै सचेत हुनुपर्ने विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *