कला/मनोरञ्जन

‘हल्का रमाइलो’ अब हिमालय टेलिभिजनमा

हिमालय टिभी
२०७८ कार्तिक १० गते १९:१४
‘हल्का रमाइलो’ अब हिमालय टेलिभिजनमा

काठमाडौं । हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ ।

यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठले जानकारी दिए ।

अबदेखि हरेक आईतबार राती ८ बजेपछि टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ लोकप्रिय हास्य टेलिसिरियल मानिन्छ । टेलिसिरियलमा मरिचमान श्रेष्ठ, राजु पौडेल, सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्वल खड्का, सविना आचार्य, सविना गिरी लगायतको अभिनय रहँदै आएको छ ।

यस टेलिसिरियलको १०२ भाग प्रशारणमा आईसकेको छ । मरिचमान र राजुको लेखक, निर्देशन एवं अभिनय समेत रहँदै आएको अर्को टेलिसिरियल ‘जुठे’ पनि हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *