आर्थिक

खाद्यले आउँदो शुक्रबारदेखि खसीबोका विक्री गर्ने

हिमालय टिभी
२०७८ असोज १८ गते १८:२०
खाद्यले आउँदो शुक्रबारदेखि खसीबोका विक्री गर्ने

१८ असोज २०७८ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि खसीबोकाको विक्री शुरु गर्ने भएको छ ।

गत वर्ष एक हजार वटा खसीबोका र एक हजार च्याङ्ग्रा विक्री गरेको कम्पनीले यो वर्ष २ हजार वटा खसीबोका मात्रै विक्री गर्न लागेको हो ।

तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्री नगर्ने उसले बताएको छ । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा विक्री गर्दै आएको छ ।

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका विक्री गर्न लागेको बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *