समाज

सडक कालोपत्रे नहुँदा स्थानीयलाई सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते २०:५७
सडक कालोपत्रे नहुँदा स्थानीयलाई सास्ती (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ पाँचथर । राष्ट्रिय गौरवको पुष्पलाल लोकमार्ग अन्तर्गत तेह्रथुम खण्डमा सडक कालोपत्रे नहुँदा स्थानीयबासिन्दाले सास्ती भोग्न बाध्य छन् । आठराई, फेदाप गाउँपालिकाबाट सदरमुकाम म्याङ्लुङ जोड्न मुख्य सडक भएकाले पनि बर्खाभरी स्थानीयबासिन्दाले सास्ती भोग्नु पर्यो । अब यस्तो स्थिति आउन नदिन उनीहरुको माग छ ।

मध्यपहाडी लोकमार्गको १ सय १७ किलोमिटर मध्ये तेह्रथुमको म्याग्लुङ– पाँचथर खण्डमा पर्ने ४९ किलोमिटर सडक कालोपत्रे गर्न ढिलाई भएको छ । निर्माण कम्पनीले समय गुज्रिदा पनि निर्माणको काम सकेको छैन् ।

सदरमुकामलाई तराईसँग जोड्ने बसन्तपुर–म्याङलुङ खण्डमा यो बर्षामा पनि उतिकै सास्ती भयो । म्याङलुङ–आठराई खण्डमा पनि यो बर्खामा नियमित चल्ने जिप रोकिए । सदरमुकाम जान निक्कै सास्ती भोग्नु परेको थियो ।

तेह्थुमको बसन्तपुर म्याङलुङ खण्डको १९ किलोमिटर र नावाखोला–खोरङ्गा खोला खण्डको ४९ किलोमिटर खण्ड कालेपत्रे गर्ने काम बाँकि छ । ठेकेदार कम्पनीले थपिएको म्यादमा पनि काम सकिएको छैन । खोरङ्गा खोलामा रहेको पुल निर्माणको काम पनि ढिलाई भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको तेह्थुम खण्डको काममा भएको ढिलाईका कारण सर्वसाधारण दुख पाईरहेका छन् । यतिमात्र हैन आर्थिक बर्ष २०७९र८० मा देशभरको खण्ड कालोपत्रे गरी सक्ने सरकारी लक्ष्यलाई समेत असर पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *