खेलकूद

एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाल र हङकङ भिड्दै

हिमालय टिभी
२०७८ असोज ५ गते ७:५५
एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाल र हङकङ भिड्दै

५ असोज २०७८ काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

समूह एफ मा आज नेपाल र हङकङ भिड्न लागेका हुन् । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आज जित्नै पर्ने दबाब छ।

त्यस्तै नेपालले फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्ने अवस्था छ । आफूभन्दा बलियो टोली हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपालले यस अघि हङकङसँग खेलेका दुबै खेलमा पराजित भएको छ ।

नेपाल सन् १९८६ मा १(० ले र १९८९ मा ३(० ले पराजित भएको थियो । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

जेएआर रंगशालामा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरु हुनेछ। छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग अन्तिम समयमा २(१ ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्