खेलकूद

दुबई पुगेको बक्सिङ टोली स्वदेश फर्कियो

हिमालय टिभी
२०७८ भदौ १५ गते १८:५२
दुबई पुगेको बक्सिङ टोली स्वदेश फर्कियो

१५ भदौ २०७८ काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

यस टोलीका मुख्य प्रशिक्षक दीपक महर्जनको नेतृत्वमा दुबई पुगेका छ खेलाडी सहितको टोली मंगलबार स्वदेश फर्किएका हुन्। १६औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्र पदक कांस्य विजेता दीपकको प्रशिक्षणमा तीन जना खेलाडीले यस प्रतियोगितामा कांस्य जित्न सफल भए। अगष्ट २० देखि ३१ तारिखसम्म दुबईमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।

पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जिते । क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५–० ले पराजित गर्दै छिरिङले सेििमफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा कजाकिस्तानका खेलाडीसंग चुके । पछि यो स्पर्धामा कजाकिस्तानका खेलाडीले स्वर्ण नै जिते ।

घरेलु प्रतियोगितामा चावहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरुले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए । छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए ।

महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य हात पारे । पहिलो चरणमा वाइ पाउदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कांस्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडीले पराजित भए ।

कांस्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसंगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए । खेलाडीका रूपमा देशका लागि थुप्रै पदक जितेका आईबा थ़ीस्टार प्रशिक्षक मान्यता उनले प्रशिक्षणका रुपमा पनि पदक जित्न सफल हुंदा खुसी व्यक्त गरे।

अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभइ सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोहि भन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्