समाज

ढुङ्गालाई सिंगारेर पार्क : घुम्न जाने र टिकटक बनाउनेको भिड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३१ गते १६:५३
ढुङ्गालाई सिंगारेर पार्क : घुम्न जाने र टिकटक बनाउनेको भिड (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ तनहुँ । तनहुँको एक सामुदायिक वनमा ढुङ्गालाई सिंगारेर निर्माण गरिएको पार्क हेर्न मानिसको भीड लाग्ने गरेको छ ।

कोरोना सङ्क्रणको प्रभावले पर्यटकीय क्षेत्र नै सुनसान बनिरहेको बेला भिमाद नगरपालिका–९ मोहरियामा निर्माण गरिएको मोहोरिया पन्छी तथा वनस्पति उद्यानभित्र रहेको ढुङ्गाको बगैंचामा पुग्नेको भिड लागेको हो ।

तनहूँको मोहोरियास्थित डुमडुमा सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको उद्यानमा पछिल्लो समयमा घुम्न आउने बढेका छन् । यहाँ घुम्न आउने बढेपछि यो उद्यानले भाइरल पार्क उपनाम पाएको छ ।

अग्गा अग्ला हिमालका चुचुरो जस्तो देखिने ढुङ्गालाई सिंगारेर चिटिक्क बनाइएपछि यो ठाउँ घुम्न आउेनको रोजाइमा परेको हो । विदाका दिनमा ५ सय जनासम्म यहाँ आउने गरेका छन् ।

यी ढुंगा यही यस्तै अवस्थामा थिए । गण्डकी प्रदेश सरकारबाट वनस्पती तथा पंक्षी उद्यानमा शिर्षकमा बजेट प्राप्त भएपछि यो पार्क निर्माण गरिएको हो । प्राकृतिक रुपमा रहेका यहाँका पानीपोखरी, ढुङ्गालाई संरक्षण गरेर चिटिक्क पारेर यसलाई पर्यटकीय गन्तव्य बनाउन उद्देश्य छ । वरिपरि जंगल रहेको यो ठाउँलाई चराचुरुङ्गीको बाँसस्थानका रुपमा समेत विकास गर्ने लक्ष्य छ ।

यहाँ आइपुग्ने पर्यटकहरु नौलो र रमणीय लागेको बताउछन् । यसलाई सुधारेर पूर्वाधार थप्न पनि उनीहरुको सुझाव छ ।

यस स्थानमा मगर समुदायको सोबास रहेको छ । सिद्ध गुफा, चमेरो गुफा, पाइमीको भ्यु टावर, इलुङ झरना यस क्षेत्रका अन्य आकर्षक गन्तव्य हुन् । यस क्षेत्रमा प्रकृतिसंग रमाउने पर्यटकको बासका लागि पाथर्दी सामुदायिक होमस्टे पनि सञ्चालन गरिएको छ ।

भानुमतिको पाथर्दी गाउँ बोर जातका बाख्राको पकेट क्षेत्रका रुपमा पनि बिकास गरिएको छ । यस उद्यानमा पर्यटकको भीड लागेपछि पहिला खाली रहेका पाहुना घरहरु भरिन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *