अन्तर्वार्ता

ओली र नेपालको बोलीमा लगाम लगाउनुपर्ने एमाले सचिव गुरुङको जिकिर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २६ गते १४:२१
ओली र नेपालको बोलीमा लगाम लगाउनुपर्ने एमाले सचिव गुरुङको जिकिर (भिडियो रिपोर्टसहित)

२६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टीका शीर्ष नेताहरुको बोलीमा लगाम लगाउनुपर्ने बताउनु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले मुखमा जे आयो त्यही बोल्दा पार्टीमा समस्या भएको उहाँको भनाइ छ ।

हिमालय टेलिभिजनसँग आज कुरा गर्दै सचिव गुरुङले पार्टीको वरिष्ठ नेतालाई तथानाम भन्ने छुट अध्यक्षलाई नभएको पनि बताउनुभयो । पार्टीका बैठकमा त्यस्ता अभिव्यक्तिको विरोध गर्दै मनमा जे आयो त्यो नबोल्न सुझाव दिए पनि नरोकिएको उहाँले गुनासो गर्नुभयो ।

सचिव गुरुङले ठुलो समस्या भए पनि एमाले विभाजित नहुने पनि दाबी पनि गर्नु भएको छ ।


पार्टीभित्र व्यापक गुटबन्दी भएको भन्दै त्यसलाई रोक्न पदाधिकारी महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था हटाउन थालिएको गुरुङले दाबी गर्नुभयो ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्