खेलकूद
राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले गरे आत्मालोचना
२०७८ साउन १८ गते १८:२१
१८ साउन २०७८ काठमाडौं । राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अन्तरवार्तामा बोलेका विषयमा आत्मालोचना गरेका छन् ।
दुई साता अगाडी सार्वजनिक भएको एक अन्तरवार्तामा आफूले बोलेका कुराबाट पूर्व खेलाडी र प्रशिक्षकलाई असर परेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत् माफी मागेका हुन् ।
आफ्नो मनशाय कसैलाई चोट पुर्याउने नरहेको र यो विषयमा गतल अर्थ लागेको उनले बताएका छन् । अन्तर्वार्तामा उनले नेपाली खेलाडी र पदाधिकारी विदेश घुम्ने र कम गोल खाने लक्ष्य राखेको बताएका थिए ।
तीन दशक अघिको नेपाली फूटबल र अन्य देशको फूटबलको तुलना गर्दा आफ्नो कुराको गलत अर्थ लागेको भन्दै उनले सबै पूर्व खेलाडी, प्रशिक्षक र समर्थकसँग माफी मागेका छन् ।
प्रतिक्रिया