समाज

नेपालका विभिन्न स्थानबाट यस्तो देखियो खण्डग्रास सुर्यग्रहणको दृष्य (फोटोफिचर)

हिमालय टिभी
२०७७ असार ७ गते १५:०६
नेपालका विभिन्न स्थानबाट यस्तो देखियो खण्डग्रास सुर्यग्रहणको दृष्य (फोटोफिचर)

७ असार, २०७७ काठमाडौं । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण दिउँसो दुई बजेर २४ मिनेटमा समाप्त भएको छ ।

सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिएको थियो ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखियो । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई सूर्य ग्रहण भनिन्छ ।

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिनेछ । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिन्छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ ।
तस्वीरः रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *