खेलकूद

द हन्ड्रेड लीगमा नेपाली खेलाडी लामिछानेको सहभागिता अनिश्चित

हिमालय टिभी
२०७८ साउन ५ गते १६:१९
द हन्ड्रेड लीगमा नेपाली खेलाडी लामिछानेको सहभागिता अनिश्चित

५ साउन २०७८ काठमाडौं । इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड लीगमा नेपाली खेलाडी सन्दीप लामिछानेको सहभागिता अनिश्चित बनेको छ ।

प्रतियोगिताका लागि २५ गते इङ्ल्याण्ड पुगेर सन्दीपले तोकिएको होटलमा १० दिन क्वारन्टिन बसाई पुरा गरिसकेका छन् । तर उनले लिएको टियर पाँच भिसाका कारण प्रतियोगिता खेल्न पाउने सम्भावना न्यून बनेको खेलकुद सम्बन्धी अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

टियर पाँच भिसा इङ्ल्याण्डमा अस्थायी काम गर्नेका लागि दिइने भिसा हो । टियर पाँच भिसामा प्रवेश पाएपनि प्रतियोगिताका लागि भने मान्यता नपाउने व्यवस्थाले गर्दा सहभागीता अनिश्चित बनेको हो ।

भिसाकै कारण यसअघि भाईटालिटी ब्लास्ट खेल्न नपाएका सन्दीपले द हन्ड्रेडमा पनि समस्या बेहोर्नु परेको छ । भिसाकै समस्याका कारण पाकिस्तानी बलर वहाव रियाजलाई पनि विमानस्थलबाट फिर्ता पठाइएको थियो।

सन्दिपले प्रतियोगिता खेल्न नपाएमा विश्व नम्बर एक दक्षिण अफ्रिकी स्पिनर तब्रेज शाम्सीले उनलाई प्रतिस्थापन गर्न सक्नेछन्। लिगमा सन्दिपलाई ओभल इन्भिन्सिबलले करिब एक करोड रुपैयाँमा अनुबन्ध गरेको थियो । प्रतियोगिता बिहिबारदेखि हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्