समाज

बागलुङको एक्लेसाल सडक खुलाउन कसैले दिएन चासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २ गते १४:१०
बागलुङको एक्लेसाल सडक खुलाउन कसैले दिएन चासो (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ बागलुङ । बागलुङको दक्षिणी भेग जोड्ने सडकको एक्लेसाल लगायत विभिन्न ठाउँमा पहिरो गएका कारण गाडी चल्न नसक्दा यात्रुलाई समस्या परेको छ । सडक खुलाउन कसैले पनि चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

कालीगण्डकी करिडोरअन्तर्गतको सडक बाढी तथा पहिरोले क्षति पुर्‍याएपछि बागलुङको बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र तथा गुल्मी क्षेत्र जोड्ने सडकमा झण्डै दुई हप्तादेखि गाडी चलेका छैनन ।

कालीगण्डकी करिडोर, बागलुङ–कुश्मीशेरा सडक र करिडोरको वैकल्पिक मार्ग समेत बाढी र पहिरोले क्षतिविक्षत बनाएको भए पनि कहिँकतैबाट पहिरो व्यवस्थापन गरेर सडक खुलाउन प्रक्रिया अगाडी नबढाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

ठाउँठाउँमा पहिरो गएका कारण अत्यावश्यक सेवाका सवारी साधन चल्न सकेका छैनन । मनसुन सक्रिय भएयता, यी सडकका केही ठाउँमा लगातार पहिरो जाने गरेको छ ।

पहिले स्काभेटर तथा डोजरको प्रयोग गरेर बाटो खुलाइएको भए पनि करिब एक हप्ता अगाडी परेको अविरल वर्षाको कारण एउटै सडकको तीन ठाउँमा पहिरो जाँदा पहिरो व्यवस्थापन गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

पहिरोको व्यवस्थापनका लागि सरोकारवाला निकाय टोलीले पटक–पटक स्थलगत अनुगमन गरिसकेको छ । पहिरो गएको स्थानको भुधरातल निकै कमजोर रहेकाले समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पानी नपरेको खन्डमा दुई दिनभित्र काम सक्ने गरी आफुहरु लागी परिरहेको कार्यालयले जनाएको छ ।

करिडोरनै मर्मत गर्नुपर्ने भएकाले सडक खुलाउन समय लाग्ने भएको हो ।

भिडियो रिपोर्ट हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *