त्रिकोणत्मक एक दिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
४ असार २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले बन्द प्रशिक्षणका लागि शरद भेषावकर, विक्रम शोव, पवन सर्राफ र पृथु बाँस्कोटालाई पनि बोलाएको छ । उनीहरु नेपालले पछिल्लो पटक मलेसिया र नेदरल्याण्डसँग खेलेको त्रिकोणात्मक शृङखलामा परेका थिएनन् ।
प्रशिक्षणमा सहभागी हुने अन्य खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम र शुशन भारी छन् ।
स्कटल्याण्ड र नामिबियासँगको शृङ्खला स्पेनमा हुने निश्चित भएको छ । त्यो शृङ्खलाको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइसकेका छन् ।
लीग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ ।
प्रतिक्रिया