समाज

अस्पतालमा संक्रमित श्रीमानका हेरचाह गर्दागर्दै श्रीमतीको पनि मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १२ गते १४:००
अस्पतालमा संक्रमित श्रीमानका हेरचाह गर्दागर्दै श्रीमतीको पनि मृत्यु (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ बाँके । नेपालगन्जको भेरी अस्पतालको आइसीयु वार्डमा भर्ना भएका श्रीमानको रेखदेख गर्दागर्दै श्रीमती पनि संक्रमित भई उपचारका क्रममा दुबै जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा कन्ट्रयाक टेसिङ गरी परीक्षण गर्ने काम बन्द जस्तै छ । जसले गर्दा संक्रमण नियन्त्रण गर्न थप जटिल बन्दै गएको छ ।

अस्पतालमा भर्ना भएका संक्रमितलाई भेटन परिवारका सदस्य र आफन्तको भीड नै लाग्ने गरेको छ । उपचारमा संलग्न चिकित्सक र स्टाफ नर्सले पर्याप्त सावधानी अपनाएर एक जना बिरामीका एक जना मात्रै कुरुवा बस्न आग्रह गर्दा आफन्तले नमान्ने, स्वास्थ्यकर्मीहरुसँग उल्टै झगडा गर्ने गरेको गुनासो स्वास्थ्यकर्मीहरुको छ ।

अस्पतालमा भर्ना भएका आफन्तसँग भेटघाटका लागि परिवारका सदस्यहरु पर्याप्त साबधानी बिनै बेडसम्म पुग्ने गरेका कारण भेटघाटमा जाने र रेखदेखमा बस्ने अधिकांश कुरुवा संक्रमित हुने गरेका छन् । तर अधिकांश कुरुवाले स्वास्थ्य अवस्था जटिल नहुँदासम्म चेक जाँच नै गराउँदैनन् ।

बिरामीका लागि खाने कुरा, आवश्यक सामग्री, औषधि, फलफूल लिन जाँदा पनि संक्रमण फैलने जोखिम बढेको छ । वैशाख १ गतेदेखि हालसम्म भेरी अस्पतालमा ८ सय ३५ जना संक्रमित भर्ना भएकोमा १ सय ५४ जनाको मृत्यु भइसकेको छ । अहिले पनि भेरी अस्पतालमा १ सय ९९ जना बिरामी भर्ना छन् ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *