ला लिगाको उपाधि दाबेदार बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकियो

२९ वैशाख २०७८ काठमडौं । स्पेनिस ला लिगा फूटबलको उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिएको छ ।
ला लिगा अन्तर्गत गएराति बार्सिलोनाले १३औं स्थानको लेभान्टेसँग तीन–तीन गोलको बराबरी खेलेको हो । अवे मैदानमा बार्सिलोनाले २५औं मिनेटमा लियोनल मेस्सीको गोलसँगै खेलमा अग्रता बनायो ।
लगत्तै ३४औं मिनेटमा गोञ्जालेजले बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि लेभान्टेले लगातार दुई गोल थपेको थियो । उसका लागि ५७औं मिनेटमा गोञ्जालो मेलेरो र ५९ औं मिनेटमा जोशे लुइस मोरालेसले गोल गरे ।
बार्सिलोनाकातर्फबाट ६४औं मिनेटमा ओउस्माने डेम्बेले र ८३औं मिनेटमा लेभान्टेका सर्जियो लियोन गोल गरेपछि खेल तीन–तीन गोलको बराबरीमा सकिएको थियो ।
बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । दोस्रो स्थानमा फर्किएको बार्सिलोनाले ३६ खेलबाट ७६ अंक जोडेको छ ।
उता एक खेल कम खेलेको एट्लेटिको मड्रिड ७७ अंकसहित शीर्ष स्थानमा कायमै रहँदा तेस्रो स्थानको रियल मड्रिडको ३५ खेलबाटै ७५ अंक छ ।
ला लिगाकै अन्य खेलमा ओसासुनाले काडिजलाई ३–२ र अलाभेसले इल्चीलाई २० ले हराए ।
प्रतिक्रिया