आर्थिक

पोखरामा ८ करोडको लागानीमा बञ्जी जम्प सञ्चालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते ६:१९
पोखरामा ८ करोडको लागानीमा बञ्जी जम्प सञ्चालन (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ पोखरा । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जी जम्प सञ्चालनमा आएको छ । साहसिक खेलमा पर्यटकको आकर्षण बढिरहेको अवस्थामा पर्यटकलाई लक्षित गरेर पोखरामा बञ्जी संचालनमा ल्याइएको हो । बञ्जी नेपाल एडभेन्चर प्रालिले ८ करोड बढीको लागतमा बञ्जी संचालनमा ल्याएको हो ।

पोखरामा गत वर्ष वैशाखमा संचालन गर्ने तयारी भए पनि कोरोना महामारीका कारण एक बर्ष ढिला गरेर बञ्जी संचालनमा ल्याइएको छ । पोखरा बजारको नजिक रातो पहिरामा रहेको बञ्ची रातको समयमा पनि संचालन गर्ने गरी निर्माण गरिएको छ ।

पोखराको प्रमुख पर्यटकीय गन्तब्य फेवा लेकसाइडबाट ३ किलोमितर पूर्वमा रहेको बञ्जी पर्यटकको रोजाईमा पर्ने अपेक्षा गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर बञ्जी जम्पको सुरुवात गरिएको छ ।

बञ्जीमा ५५ मिटर लामो क्यान्टिलिभर पुलमार्फत स्टेसनको १०१ र १०५ मिटर गरी २ उचाइबाट जम्प गर्न सकिने छ । एकै ठाउँमा दुई फरक उचाइमा जम्प गर्न मिल्ने र रातको समयमा पनि संचालनमा आउने यो नै नेपालको पहिलो बञ्जी रहेको संचालकको दाबी छ । बञ्जीको १०१ मिटर प्लेटफर्मबाट साधारण बञ्जी र १०५ मिटर प्लेटफर्मबाट साइकल जम्प, बकेट जम्प, रनिङ जम्प लगायत गर्न सकिन्छ ।

सिङ्गापुरमा मुख्य कार्यालय रहेको गो बञ्जीको फ्रेन्चाइजका रूपमा र उसकै प्राविधिक सहयोगमा संचालन गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै खालका सुरक्षा अपनाएको संचालकले बताएका छन् ।

बञ्जी गर्ने व्यक्तीले ३ मिनेट स्विङ्गसहित सक्ने छन् भने बढीमा ७ मिनेटमा जम्प सकिने छ । बञ्जी जम्पका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *