आर्थिक

अर्थतन्त्रका लागि निकै निरासाजक वर्ष २०७७ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १ गते ६:२९
अर्थतन्त्रका लागि निकै निरासाजक वर्ष २०७७ (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । २०७७ अर्थतन्त्रका लागि निकै निरासाजनक रह्‍यो । कोरोना महामारीले विकास निर्माणदेखि औद्योगिक उत्पादन ठप्प हुँदा समग्र अर्थतन्त्र ओरालो लाग्यो ।

आर्थिक क्षेत्रलाई हेर्ने हो भने २०७७ इतिहासको सबै भन्दा खराव वर्षको रुपमा रह्यो । यो वर्ष अर्थतन्त्र माइसनमा गएको छ । २०७६ को अन्त्य र २०७७ को शुरुमै कोरोना संक्रमणका कारण लकडाउन भयो ।

लकडाउनले औद्योगिक उत्पादनदेखि विक्री वितरणमा असजह परिस्थिति निम्त्यायो । कैंयौं उद्योग बन्द भए भने धेरैजसो घाटामा गए ।

यस वर्ष १५ लाख ६७ हजारले रोजगारी गुमाए । करिब १२ लाख जनसंख्या गरिबीको रेखामुनि पुगे । अर्थतन्त्र ७ प्रतिशतले बढ्ने लक्ष्य राखिएको थियो । तर माइनस २ प्रतिशतमा गयो । महामारीको कारण नेपालको स्वास्थ्य, उद्योग, पर्यटन, हवाई तथा रोजगारीका क्षेत्र बढी प्रभावित भए ।

यो वर्ष पूँजीगत खर्च समेत न्युन छ । ९ महिनासम्म २२ प्रतिशत मात्रै विकास खर्च भएको छ । वर्षको अन्त्यमा बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको काम सकिएको छ ।

२०७७ मा रेमिटान्स, बैंकिङ, शेयर बजार र अनलाइन व्यापार भने फस्टायो । यस्तै माक्स, सेनिटाइजर जस्ता कोरोना सुरक्षाका सामग्रीको खरिद विक्रीसमेत ह्वात्तै बढ्यो । जसले अर्थतन्त्रलाई केही चलायमान बनाउन सहयोग गर्‍यो । वर्षको अन्तिममा अर्थतन्त्र चलायमान हुन थालेको छ । तर फेरी कोरोनाको दोस्रो लहर शुरु हुँदा अर्थतन्त्रमा आंशकाका बादल देखिन थालेका छन् ।

कोरोनाविरुद्धको खोपसँगै आगमी वर्ष २०७८ अर्थतन्त्रका लागि सुखद् हुने अपेक्षा गरिएको थियो । तर नयाँ नयाँ भेरियन्टको प्रवेशले उद्योगी व्यवसायीमा त्रास बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *