खेलकूद

थ्रीस्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७७ चैत २४ गते १७:४१
थ्रीस्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश

२४ चैत २०७७ पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।

पुलिसलाई फराकिलो अन्तरको जीत दिलाउने क्रममा बुद्ध बल तामाङले दुई गोल गरे । यस्तै तेज तामाङ र सौजन राईले एकएक गोल गरे ।

मकवानपुरको बागमती गोल्डकप जितेर पोखरा पुगेको थ्री स्टार आज पुलिससामु कमजोर देखिएको थियो । पुलिसले २८ औं मिनेटमा बुद्धको गोलबाट अग्रता बनायो । दोस्रो हाफमा पनि पुलिसले दबाब बनाएको थियो ।

६७ औं मिनेटमा तेज तामाङले पुलिसको अग्रता २–० मा पुर्‍याए । ७३ औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरे भने ८५ औं मिनेटमा सौजनले गोल गरेर पुलिसलाई ४–० को जित दिलाए ।

पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ । यो सँगै सेमिफाइनल समिकरण पुरा भएको छ । अर्को सेमिफाइनलमा एपीएफ र संकटा क्लब भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्