मेयर्स कप क्रिकेटमा आज दुई खेल हुँदै

२७ फागुन २०७७ काठमाडौं । मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगसतामा आज त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश तथा एपीएफ क्लब र आयोजक मेयर्स एघारबीच खेल हुँदैछ ।
लीग चरणका अन्तिम दिन हुने आजको दुई खेलले फाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आर्मी र बागमतीले प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो स्थानको आर्मीले तीन खेलबाट दुई अंक जोड्दा समान खेलबाट चौथो स्थानको बागमतीको पनि समान दुई अंक नै छ । यी दुईबीचको पराजित हुने टोली प्रतियोगिता बाहिरिनेछ भने जित्ने टोलीले एपीएफ र मेयर्स एघारकोको नतिजा कुर्नुपर्ने छ ।
यस्तै मूलपानी क्रिकेट मैदानमा एपीएफ र मेयर्स एघारबीच खेल हुनेछ । चार अंकका साथ एपीएफ दोस्रो स्थानमा र मेयर्स एघार दुई अंकसहित तालिकाको पुछारमा छन् ।
आज एपीएफले जिते सहजै फाइनल पुग्नेछ भने मेयर्स एघारलाई फाइनलमा स्थान बनाउन भारी अन्तरको जित्नु पर्नेछ ।
दुबै खेल विहान पौने ९ बजेदेखि शुरु हुनेछन् । नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाइसकेको छ ।
प्रतिक्रिया