विदेश

सम्बन्ध विच्छेद गर्दा गृहस्थी सम्हालेको पारिश्रमिकसमेत दिन अदालतको आदेश

हिमालय टिभी
२०७७ फागुन १२ गते १५:३१
सम्बन्ध विच्छेद गर्दा गृहस्थी सम्हालेको पारिश्रमिकसमेत दिन अदालतको आदेश

१२ फागुन २०७७ बेइजिङ । चीनको एक अदालतले सम्बन्ध विच्छेद गर्दा घरगृहस्थी सम्हाल्ने महिलालाई पारिश्रमिकसमेत दिनुपर्ने फैसला सुनाएको छ ।

बेइजिङस्थित सम्बन्ध विच्छेद अदालतले पुरुषका लागि यस्तो आदेश दिएको हो । आदेशपछि अब कुनै पनि पुरुषले सम्बन्ध विच्छेद गर्नु परे महिलालाई घर गृहस्थी सम्हालेवापत पारिश्रमिक रकम पनि दिनु पर्नेछ ।

अदालतले पाँच वर्षको सम्बन्ध विच्छेद गर्दा महिलालाई पचास हजार युआन अर्थात ७ हजार ७ सय अमेरिकी डलर दिनुपर्नेछ । अदालतको यो आदेशले घरगृहस्थी कामको मुल्यांकनमा विवाद भएको छ ।

कतिपयले यो क्षतिपूर्तिको रकम अत्यन्तै न्यून भएको भन्दै विरोध गरेका छन् । गत वर्ष एक जना पुरुषले सम्बन्ध विच्छेदको निवेदन दिएका थिए ।

उनकी श्रीमतिले घर गृहस्थी र बालबच्चाको जिम्मेवारी वापतको आर्थिक क्षतिपूर्ति माग गरेकी थिइन् । अदालतले प्रति महिना दुई सय युआनको दरले क्षतिपूर्ति दिनु पर्ने आदेश दिएको छ ।

पति पत्नी अलग हुँदा उनीहरुको संयुक्त सम्पत्ती आधा–आधा पार्ने र त्यसमा घर गृहस्थी वापतको छुट्टै रकम उपलब्ध गराउनु पर्ने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *