समाज

रुकुम पश्चिम घटनाको छानबिन गर्न माग गर्दै राजधानीमा प्रदर्शन

हिमालय टिभी
२०७७ जेठ १६ गते १४:०७
रुकुम पश्चिम घटनाको छानबिन गर्न माग गर्दै राजधानीमा प्रदर्शन

१६ जेठ, काठमाडौं । पश्चिम रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघले प्रदर्शन गरेको छ ।

पश्चिम रुकुम सहित देशभरी दलित समूदायमाथि भएका घटनाको निष्पक्ष छानबिन गर्न संघको माग छ । संघले काठमाडौंमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन गरिएको जनाएको छ । पश्चिम रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको संघले जनाएको छ ।

पश्चिम रुकमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अझै एक जना बेपत्ता छन । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतककलाई शहीद घोषणा गर्नुपर्ने माग उनीहरुको माग छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *