खेलकूद
पेरिस सेन्ट–जर्मेन (पीएसजी) फ्रेञ्च लीग वान फूटबलको शीर्ष स्थानमा
२०७७ माघ ४ गते ७:४८

४ माघ २०७७ काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) फ्रेञ्च लीग वान फूटबलको शीर्ष स्थानमा उक्लिएको छ।
लीग अन्तर्गत गएराति एङ्गर्सलाई हराउँदै पीएसजीले शीर्ष स्थान कब्जा गरेको हो ।
अवे मैदानमा पीएसजीले १–० को जित निकाल्ने क्रममा ७० औं मिनेटमा लेविन कुर्जावाले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै पीएसजीको २० खेलबाट ४२ अंक भएको छ ।
उता दोस्रो स्थानमा खस्किएको लियोनको १९ खेलबाट ४० अंक छ । लीग वान अन्तर्गत नै अर्को खेलमा निम्सले मार्सेइलीमाथि २–१ गोलको जित निकाल्यो ।
प्रतिक्रिया