आर्थिक

सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना, ३ जनाको मृत्यु, २७ जना घाइते

हिमालय टिभी
२०७६ भदौ ११ गते ७:३७
सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना, ३ जनाको मृत्यु, २७ जना घाइते

सुर्खेत । सुर्खेतमा यात्रु वाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा विहान ३ बजे दुर्घटना भएको हो । मृतक २ महिला र एक पुरुष रहेका छन् ।

उनीहरुको सनाखत हुन नसकेको सुर्खेत प्रहरीले जनाएको छ । घाइतेमध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याइएको छ ।

नेपाली सेना, प्रहरी र स्थानीय उद्दारमा खटिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवी रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *