खेलकूद

स्थानीय तहमा खेल पूर्वाधार निर्माण गर्न प्रस्ताव आव्हान

हिमालय टिभी
२०७७ असोज ५ गते १४:३६
स्थानीय तहमा खेल पूर्वाधार निर्माण गर्न प्रस्ताव आव्हान

५ असोज, २०७७ काठमाडौं । स्थानीय तहमा खेलकूद पूर्वधार निर्माणका लागि प्रस्ताव पेश गर्न युवा तथा खेलकूद मन्त्रालयले आह्वान गरेको छ ।

चालु आर्थिक वर्षका लागि थप ३० वटा स्थानीय तहमा खेलकुद पूर्वाधार खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न मन्त्रालयले आज सूचना निकालेको हो ।

सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी प्रस्ताव पेश गर्न मन्त्रालयले भनेको छ ।

गत महिना मन्त्रालयमा भएको छलफलको निर्णय अनुसार स्थानीय तहमा खेलकूद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि २०७५ र मन्त्रालयबाट पठाइएका खेलग्रामको अवधारणा पालना गर्दै प्रस्ताव ल्याउनु पर्नेछ ।

हरेक स्थानीय तहमा एक खेलग्रामको नीति अनुसार स्थानीय तहको साझेदारीमा गत वर्ष ८४ वटा खेल पूर्वाधार निर्माण थालिएको थियो । स्थानीय सरकारको साझेदारीमा एक स्थानीय तह एक खेलग्रामको अवधारणा अनुसार संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा खेल पूर्वधार बन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्