विदेश
कंगोको एउटा सुनखानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु
२०७७ भदौ २८ गते ९:११

२८ भदौ, २०७७, कंगो । कंगोको एउटा सुनखानीमा पहिरो जाँदा कम्तीमा ५० जना कामदारको मृत्यु भएको छ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिण किबु प्रान्तको कमितुगा शहरको एक सुनखानीमा पहिरो गएको हो । केही दिन यताको लगातार वर्षापछि सुनखानीमा पहिरो गएको अधिकारीहरुले जनाएका छन्।
खानीका लागि खनिएका तीन वटा गहिरो खाडलमा पानी पसेपछि पहिरो गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यसका प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन्।
मृतक मध्ये केही बालबालिकासहित अधिकांश युवा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उद्धारकर्ताहरूले मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेका छन् । घटनापछि त्यहाँ दुई दिने शोकको घोषणा गरिएको छ।
प्रतिक्रिया