आर्थिक

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

हिमालय टिभी
२०७८ चैत ७ गते १८:२१
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

७ चैत २०७८ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०७ अङ्कले उकालो लागेर दुई हजार ६३४.६५ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सन्सेटिभ परिसूचक १.९२ अङ्कले उकालो लागेर ४९६.३० मा उक्लेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर रु दुई अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार सोमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १३.६१ र अन्य ४२.१३ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै, बैंकिङ ५.९२, व्यापार ३५.२५, विकास बैंक १३३.९६, जलविद्युत् ८३.६७, वित्त ५६.०४, निर्जीवन बीमा ४६.२९, उत्पादन ३४.८१, लघुवित्त ३३.३७, जीवन बीमा १७२.३५, सामूहिक लगानी ०.०९ र लगानी ०.९२ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३५ अर्ब ३५ करोड ३५ लाख ९० हजार ६८८ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९४ लाख ५७ हजार २२९ बराबरको कारोबार भयो ।

यस्तै, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड २३ लाख ३९ हजार ११९, जीवन विकास लघुवित्त रु नौ करोड छ लाख ४४ हजार ५४२, अपी पावर कम्पनी रु नौ करोड दुई लाख ५९ हजार र शिवम् सिमेन्ट रु आठ करोड ७३ लाख ६६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार इमर्जिङ नेपाल ९.९८, ङादी ग्रुप अफ पावर ७.६७, माउन्टेन हाइड्रो नेपाल ६.७४, कर्णाली डेभलपमेन्ट बैंक ६.४९ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.५७ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी २.९७, नबिल डिवेञ्चर दुई, एनआइबिएल समृद्धि फन्ड दोस्रो १.९६, एनआइबिएल प्रगति फन्ड १.९३ र सिटिजन म्युचुअल फन्ड दोस्रोका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *