खेलकूद
ला लिगा फूटबलमा रियल मड्रिडविरुद्ध बार्सिलोनाको शानदार जित
२०७८ चैत ७ गते ८:३८
७ चैत २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले रियल मड्रिडमाथि शानदार जित निकालेको छ।
गएराति भएको एल क्लासिकोमा बार्सिलोनाले रियललाई ४–० ले पराजित गरेको हो। रियलको मैदानमा बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले दुई र रोनाल्ड अरुजो र फेरान टोरेसले एक एक गोल गरे ।
जितसँगै २८ खेलमा ५४ अंक जोडेको बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ।रियल ६६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया