समाज

ट्राफिक प्रहरीको अनुगमन बढ्यो, सिट क्षमतामा मात्रै यात्रु राख्न दिएपछि भाडा वृद्धि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते १८:२७
ट्राफिक प्रहरीको अनुगमन बढ्यो, सिट क्षमतामा मात्रै यात्रु राख्न दिएपछि भाडा वृद्धि (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ बैतडी । ट्राफिक प्रहरी बैतडीले सार्वजनिक सवारी साधनको अनुगमन थालेको छ । दुर्घटनाको संभावनालाई ध्यानमा राख्दै प्रहरीले अनुगमन शुरु गरेको हो ।

प्रहरीले अनुगमन थालेपछि सिट क्षमताको मात्रै यात्रु बोक्न पाउने भएपछि जीप व्यवसायीले भाडा बढाएका छन् । जसका कारण यात्रुहरु दोब्बरभन्दा बढी भाडा तिर्न बाध्य भएका छन् ।

ट्राफिक प्रहरीले क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीलाई कारवाही शुरु गर्‍यो । क्षमताभन्दा बढी यात्रु बोक्ने जीप तथा भ्यानहरुले यात्रु संख्यालाई त निश्चित गरे तर यात्रुका लागि भाडादर भने बढाए । ठूलो मार परेकाले भाडा बढाउनु परेको व्यवसायी र चालकको तर्क छ ।

भाडादर दोब्बर बढाएर सवारी चालक तथा व्यवसायीले लुट मच्चाएको यात्रुको आरोप छ ।

ट्राफिक प्रहरी कार्यालयले भने दुर्घटनाको संख्या बढेको कारण यात्रु संख्याको अनुगमन चुस्त बनाइएको बताएको छ । अत्यधिक भाडा लिएको गुनासो आएपछि सवारीमा अनिवार्य भाडादर टाँस्न निर्देशन दिएको छ ।

तेलको मुल्य बढ्नु र यात्रु संख्या सिमित हुँदा नोक्सानमा संचालन गर्न नसकिने बताउँदै कतिपय व्यवसायीले यातायात संचालन गर्नै छाडेका छन । जसका कारण यात्रुले सहज यात्रा गर्न पाएका छैनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *