आर्थिक

डलरको भाउ उच्च, कमजोर बन्दै नेपाली रुपैयाँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २५ गते २०:३३
डलरको भाउ उच्च, कमजोर बन्दै नेपाली रुपैयाँ (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७८ काठमाडौं । अमेरिकी डलरको भाउ उच्च हुँदा पछिल्लो समय नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। विश्वव्यापी रुपमा डलरको माग उच्च हुँदा यसको मूल्य बढेको हो ।

विदेशी लगानी, नेपाल भ्रमणमा आउने पर्यटक र रेमिट्यान्स घटिरहेको अहिलेको अवस्थामा डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा आयातमुखी नेपाली अर्थतन्त्रमा सकारात्मकभन्दा नकारात्मक असर धेरै पर्ने देखिन्छ ।

पछिल्लो समय लगातार अमेरिकी डलर बलियो बन्दै गएको छ । रुस–युक्रेन युद्धपछि विश्वभर अमेरिकी डलरको माग बढ्दा डलर बलियो बनेको हो । त्यसैले मंगलबार नेपाली रुपैयाँ इतिहासकै कमजोर बन्यो ।

सो दिन नेपाल राष्ट्र बैंकले एक डलरको भाउ १२३ रुपैयाँ ४४ पैसा तोकेको थियो । तर, बुधबारका लागि १२३ रुपैयाँ ३६ रुपैयाँ तोकेको छ । अर्थात एक अमेरिकी डलर खरिदका लागि १२३ रुपैयाँ ३६ पैसा तिर्नुपर्नेछ । अमेरिकी डलर बलियो हुँदा आयातमुखी नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ।

डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढ्छ । यो बेला रेमिट्यान्स पठाउनेले बढी मूल्य पाउँछ । यस्तै पर्यटकमार्फत हुने आम्दानी पनि बढ्न जान्छ । निर्यात व्यापारलाई पनि यसले फाइदा नै पु¥राउछ । तर पछिल्लो समय यी सबै घटिरहेको अवस्थामा डलर बलियो हुँदा विदेशी मुद्रा सञ्चितीमा दबाब पर्न जान्छ । यति मात्र होइन आयात बढ्दा महंगी समेत बढ्छ ।

नेपाल राष्ट्र बैंकको ६ महिनाको तथ्याङ्क अनुसार मुलुकमा विदेशी मुद्रा सञ्चिती ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ मात्र छ । अमेरिकी डलरमा यस्तो सञ्चिती ९ अर्ब ८९ करोड छ । नेपालले भारतीय मुद्रासँग स्थिर विनिमय दर राखेकाले त्यसैको आधारमा अन्य मुलुकसँग विनिमय दर निर्धारण हुन्छ ।

भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि खस्किने र बलियो भएमा बलियो हुने गर्छ । अझ नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महंगीयता सर्नसक्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *