खेलकूद

बायर्न म्युनिख र लिभरपुल च्याम्पियन्स लीग फूटबलको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०७८ फागुन २५ गते ८:०९
बायर्न म्युनिख र लिभरपुल च्याम्पियन्स लीग फूटबलको क्वार्टरफाइनल प्रवेश

२५ फागुन २०७८ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लीग फूटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा अष्ट्रियाली क्लब साल्जवर्गमाथि ७–१ को शानदार जित निकाल्दै समग्रमा ८–२ को नतिजासहित बायर्न अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्किले ह्याट्रिक गरे । उनले खेलको १२औं, २१औं र २३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यसपछि बायर्नका लागि थोमस मुलरले दुई तथा सर्जी जिनाब्री र लेरोय सानेले एक(एक गोल थपे । साल्जवर्गका मौरिस केजरगार्डले सान्त्वना गोल फर्काएका थिए । साल्जवर्गको मैदानमा पहिलो लेग एक(एकको बराबरीमा सकिएको थियो ।

यस्तै अर्को खेलमा इन्टर मिलानसँग १–० ले पराजित भएपनि समग्रमा २–१ को नतिजा निकाल्दै लिभरपुलले पनि क्वार्टरफाइनलमा स्थान पक्का पारेको छ ।

लिभरपुलको मैदान एनफिल्डमा इटालियन क्लब इन्टरको जितमा लाउटारो मार्टिनेजले ६१औं मिनेटमा गोल गरेका थिए । इन्टरको घरेलु मैदानमा सम्पन्न पहिलो लेग लिभरपुलले २० ले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्