आर्थिक

डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २३ गते १८:१६
डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७८ काठमाडौं । सेयर बजारमा लगानीका लागि अनिवार्य बनेको हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ।

सिडिएसका अनुसार आजसम्म ५० लाख १९ हजार ८ सय २६ जनाले डिम्याट खाता खोलेका छन् । गत आर्थिक वर्षको असारसम्म यस्तो खाता खोल्नेको संख्या ३७ लाख मात्र थियो ।

यस्तै आइपीओ भर्नका लागि प्रयोग हुने अनलाइन प्रणाली मेरो सेयरमा दर्ता हुनेको संख्या पनि ४१ लाख ३३ हजार चार सय छ । गत असारसम्म मेरो सेयरको प्रयोगकर्ता २८ लाख ५५ हजार थियो । सेयर लगानीकर्ता बढेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्रविधिलाई अपग्रेड गर्ने तयारी थालेको छ ।

पछिल्लो समय सेयर बजारमा आमनागरिकको निकै चासो बढेको छ । सेयरमा आवेदन दिनेहरुको पहुँच दुर्गम गाउँका सामान्य किसान र मजदुरका परिवारसम्म पुगेको छ। जसका कारण अधिका‌ंश कम्पनीहरुको सार्वजनिक निश्कासनमा मागभन्दा निकै बढी आवेदन पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *