आर्थिक

नेपाल एयरलायन्सलाई साउदी अरेबिया उडानको अनुमति

हिमालय टिभी
२०७८ फागुन २२ गते २१:०४
नेपाल एयरलायन्सलाई साउदी अरेबिया उडानको अनुमति

२२ फागुन २०७८ काठमाडौं । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।

यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *