टनेल बनाएर गोलभेँडा खेती गर्दा आम्दानी राम्रो (भिडियो रिपोर्टसहित)
२० फागुन २०७८ पाल्पा । पाल्पा रिब्दिकोट गाउँपालिकाका महिला गोलभेँडा खेतीमा आकर्षित भएका छन् । टनेल बनाएर गोलभेँडा खेती गर्दा परम्परागत खेतीबाट भन्दा बढी आम्दानी भएपछि गोलभेँडा खेती गर्नेको संख्या बढेको हो ।
पाल्पा रिब्दिकोटका महिला परम्परागत शैली छोडेर टनेल निर्माण गरी गोलभेँडा खेती गर्न थालेका छन् । बेमौसमी तरकारी उत्पादन गर्न सकिने, रोग, किरा तथा पानीबाट सुरक्षित भइ उत्पादन बढ्ने र आम्दानी पनि ज्यादा हुने भएपछि टनेल निर्माण गरी खेती गर्न थालिएको हो ।
टनेल बनाएर खेती सहज हुने र असिना, शीतका कारण क्षति पनि नहुने भएपछि उत्पादन तथा आम्दानी बढेको छ ।
गाउँपालिकाले पनि प्रोत्साहन गर्न महिला केन्द्रित कार्यक्रम संचालन गरी अनुदान सहयोग गरेको छ ।
महिलाहरु प्रत्यक्ष कृषिमा संलग्न भएसँगै आत्मनिर्भर भएका छन् ।
प्रतिक्रिया