आर्थिक

बरसिम घाँस खेती गरेर लाखौं आम्दानी गर्दै दाङका किसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते १८:१२
बरसिम घाँस खेती गरेर लाखौं आम्दानी गर्दै दाङका किसान (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ दाङ । दाङका किसान परम्परागत खेती छाडेर आफ्नो खेतबारीमा बरसिम घाँस रोप्न थालेका छन् । २०–२५ हजार आम्दानी हुने ठाउँमा वार्षिक एक लाखभन्दा बढी आम्दानी हुने भएपछि कृषक बरसिम घाँसतिर आकर्षित भएका हुन् ।

घोराही उपमहानगरपालिका ६, गुरुवागाउँका कृषकले एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा बरसिम घाँस लगाएका छन् । उनीहरु धानको सिजन सकिने बेला यो घाँस लगाउँछन् ।

गाइवस्तुका लागि फाइदाजनक र कम मेहेनतमा राम्रो आम्दानी हुने भएपछि कृषकहरु तोरी, मुसुरो, चना छोडेर घाँस लगाउन थालेका हुन् ।

विक्रम सम्बत २०४७ सालबाटै किसानले बरसिम घाँस लगाउँथे । तर, यसको व्यवसायिक खेती भने २०५६ सालबाट शुरु भएको हो । घाँस मात्र नभई यसको बिउ पनि राम्रो मूल्यमा विक्री हुन्छ।

घोराही उपमहानगरपालिकाले किसानका लागि अनुदान दिएर प्रोत्साहित पनि गर्ने गरेको छ । तर पनि बरसिम घाँस उत्पादन गर्ने किसान अनुदानका लागि कार्यालयसम्म पु ग्न सकेका छैनन् ।

बरसिम घाँस उत्पादनलाई बृहत बनाउने योजनासहित कृषक आए आफूहरु सहयोग गर्न तयार रहेको उपमहानगरपालिकाले जनाएको छ ।

नियमितभन्दा राम्रो आम्दानी भएपछि कृषक खुशी बनेका छन् । कृषकलाई उत्प्रेरित गर्न विभिन्न कार्यक्रम ल्याउन सके बाँझो रहेको धेरै जमिनमा बरसिम घाँस लगाएर राम्रो आम्दानी गर्न सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *