खेलकूद

विश्वकप ग्लोबल छनोट क्रिकेटमा नेपाल र क्यानडा भिड्दै, हिमालय टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने

हिमालय टिभी
२०७८ फागुन ९ गते ८:१०
विश्वकप ग्लोबल छनोट क्रिकेटमा नेपाल र क्यानडा भिड्दै, हिमालय टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने

९ फागुन २०७८ काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपअन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गर्दैछ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा जित निकालेको नेपाल क्यानडालाई हराउँदै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ ।

क्यानडालाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो ।

नेपाल समूह एमा चार अंकसहित शीर्षस्थानमा छ । क्यानडा र ओमानको दुई दुई अंक छ । क्यानडासँग पराजित भएपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो छ ।

समूह विजेताका रुपमा सेमिफाइलमा पुग्न नेपालले क्यानडालाई हराउनुपर्छ । हारेपनि ठूलो अन्तरको हार नखेप्दा नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ ।

यदि क्यानडाले फराकिलो रनले नेपाललाई हराएमा क्यानडा अंक तालिकामा नेपालभन्दा माथि हुनेछ । अर्को खेलमा फिलिपिन्सले ओमानलाई हराएमा नेपाल ठूलो अन्तरले पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्