विदेश

बेलायती महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ फागुन ९ गते ८:०३
बेलायती महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण पुष्टि

९ फागुन २०७८ लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बकिङघम दरबारले महारानीलाई संक्रमणको मध्यम लक्षण देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ।

महारानी एलिजाबेथ निरन्तर स्वास्थ्य निगरानीमा रहने र आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने दरबारले वक्तव्यमा जनाएको छ। गत साता सङ्क्रमण पुष्टि भएका महारानाी एलिजाबेथका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो।

यसअघि प्रिन्स चार्ल्स र त्यसपछि उनकी श्रीमतीलाई कोरोना सङ्क्रमण भएको थियो। ९५ वर्षीया महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *