समाज

चक्रपथको निर्माण : १६ वर्षमा ३० प्रतिशत मात्र काम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते २०:२९
चक्रपथको निर्माण : १६ वर्षमा ३० प्रतिशत मात्र काम (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा चक्रपथ निर्माणको चर्चा चलेको धेरै वर्ष भयो । वीरेन्द्रनगरको समृद्धिमा महत्वपूर्ण मानिएको चक्रपथको निर्माण कार्य थालिएको १६ वर्षमा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । स्थानीय र वन कार्यालयको अवरोधका कारण ३१ किलोमिटर मध्ये २१ किलोमिटरको ट्रयाक मात्र खुलेको हो ।

सुर्खेतको वीरेन्द्रनगरको सुव्वाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोडिने यो चक्रपथ विवादकै कारण शुरुवात विन्दुमा नै काम हुन सकेको छैन । स्थानीयले अधिग्रहण हुने घर र जग्गाको क्षतिपूर्ति प्राप्त नगर्दासम्म निर्माण हुन नदिने अडान राख्दै आएका छन् ।

आयोजना शुरु नहुँदै स्थानीयले अवरोध गरेपछि सडकको चौडाइ ३० मिटरबाट १५ मिटरमा झारिएको छ । सडक निर्माण गर्न ट्रयाक खोलेर छोडिदिँदा हिलो र धुलोले स्थानीय बासिन्दा आजित छन् ।

सडकको चौडाइ १५ मिटर तोकिए पनि जग्गा उपलब्ध नभएका ठाउँमा ७,८ मिटर मात्र चौडा छ । छिट्टै र सहज रुपमा काम सम्पन्न गर्ने प्रयास भैरहेको सडक डिभिजन कार्यालय, चौरजहारीले जनाएको छ ।

तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६२–०६३ बाट निर्माण थालेको यो सडकलाई विकासको मुख्य कडीको रुपमा लिइएको थियो । तर पटक(पटकको अवरोधले आयोजना अधुरै रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *