गाउँमै मेहनत गर्न सके शहर छिर्नु पर्दैन (भिडियो रिपोर्टसहित)
७ फागुन २०७८ पाल्पा । अध्ययन, रोजगारी तथा अवसरको खोजीमा युवापुस्ता शहर छिर्ने क्रम बढेको छ । तर केही युवा गाउँमै विभिन्न कर्म गरेर राम्रो आर्थिक उपार्जन गरिरहेका छन् । गाउँमै मेहनतले काम गर्न सके शहर नै छिर्नु पर्दैन भन्ने उदाहरण हुनुभएको छ, पाल्पा रिब्दीकोटका सन्तोषराज नेपाल ।
सन्तोषराज नेपाल, तानसेनमा आफ्नो बुबाले स्थापन गरेको होटल सञ्चालन गरेर बस्नुहुन्थ्यो । चार वर्ष भयो
सन्तोषराज आफ्नो गाउँ रिब्दीकोट फर्किएर कृषि तथा पशुपालनमा लाग्नुभएको छ। चालीस रोपनी जग्गामा कागती, लिची, मुला, साग खेती गरिरहेका सन्तोषराजले कुखुरा र बाख्रा पालन पनि गरिरहनुभएको छ ।
सन्तोषराजले रिब्दीकोटमै रिसोर्ट पनि संचालन गर्नुभएको छ। रिसोर्टमा आवश्यक पर्ने प्रायः खाद्यवस्तु आफैँले उत्पादन गर्ने हुनाले सन्तोषलाई अरुको भर पर्नुपर्ने अवस्था छैन ।
अवसरको खोजी गर्न शहर छिर्ने युवाको भिडबाट बाहिर निस्केर आफ्नै गाउँ फर्किएका सन्तोषराज मेहनत र परिश्रम गर्ने हो भने जताततै संभावना छ भन्ने उदाहरण हुनुभएको छ ।
प्रतिक्रिया