समाज

औलो तथा मलेरिया संक्रमितको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते १८:००
औलो तथा मलेरिया संक्रमितको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ बाँके । बाँकेको नरैनापुरमा यो वर्ष पनि औलो तथा मलेरिया संक्रमितको संख्या धेरै देखिएको छ । पछिल्लो ६ महिनामा बाँके जिल्लाभर संक्रमितको संख्या ६५ जना पुग्दा नरैनापुरमा मात्र ५८ जना संक्रमित भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका २० की ११ वर्षीया प्रियंका कार्कीको भेरी अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई फाल्सिपारम मलेरिया संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको हो । पुस ५ गतेबाट ज्वरो आएको र निरन्तर २ महिनासम्म औषधि खाँदा पनि निको नभएपछि अस्पताल ल्याइएको थियो ।

मलेरिया २ प्रकारको हुन्छ, भिभ्याक्स र फल्सिपारम । भिभ्याक्स सामान्य र फाल्सिपारम जटिल प्रकृतिको मलेरिया हो । मलेरिया हुँदा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता लक्षण देखा पर्छन् ।

अन्तिम ६ महिनामा बाँकेको नरैनापुरमा औलो तथा मलेरिया संक्रमितको संख्या ५८ रहेको छ । बाँकेमा देखिएको कुल ६५ जना संक्रमितमध्ये ५८ जना नैनापुरका मात्र छन् । जसमध्ये पनि भारतबाट फर्किएका नेपालीहरु धेरै रहेको देखिएको छ । फाल्सिपारम मलेरिया संक्रमित बिरामीहरुको समयमा नै उपचार भएन भने मृत्यु हुने जोखिम धेरै हुन्छ ।

३१ प्रतिशत मात्रै साक्षरता भएको नरैनापुरमा स्वास्थ्यसम्बन्धी सचेतनाको अवस्था नाजुक छ । सन २००६ मा बाँकेको नरैनापुरमा कडा खालको औलोको संक्रमण फैलँदा ३६ जनाको मृत्यु भएको थियो । हरेक वर्ष माघदेखि साउनसम्म नरैनापुरमा मलेरिया रोगको प्रकोप देखिँदै आएको छ ।

भिडियो हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *