समाज

गाउँगाउँमा पुगेका लघुवित्तले सुख होइन सास्ती दिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ६ गते २१:०३
गाउँगाउँमा पुगेका लघुवित्तले सुख होइन सास्ती दिँदै (भिडियो रिपोर्टसहित)

६ फागुन २०७८ गुल्मी । शहर बजारदेखि गाउँगाउँसम्म फैलिएका लघुवित्त संस्थाले महिलालाई आत्मनिर्भर बन्न सिकाउनुपर्ने हो । तर, अशिक्षित महिलालाई संस्थाहरुले निरन्तर दुःख दिएपछि घरै छोडेर हिँड्नुपर्ने अवस्था आएको छ । अझ गाली बेइज्जती र व्यक्तिगत चरित्र हत्यासमेत हुन थालेपछि गुल्मीका महिला आन्दोलनमा उत्रिएका छन् ।

गुल्मी जिल्लाका १२ स्थानीय तहमा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो सेवा विस्तार गरेका छन्। ति संस्थाले स्थानीय महिलालाई व्यावसाय विस्तारका लागि भन्दै बिना धितो ऋण प्रवाह पनि गरेका छन् । तर, मासिक किस्ता तिर्न नसकेपछि गुल्मीका विभिन्न स्थानका केही परिवार नै लुकेर हिड्नुपर्ने अवस्था आएको छ । संस्थाका कर्मचारीले ऋण उठाउने नाममा नियतवस दुःख दिने गरेको पीडितहरूले गुनासो गरेका छन् ।

ग्रामीण क्षेत्रका महिलाहरुमा वित्तीय चेतनाको अभाव छ । कम आयस्तर भएका महिलालाई ऋण प्रवाह गरी अनैतिक शैलीमा किस्ता उठाउन थालेपछि महिलाहरु घर छोडेर हिड्न बाध्य भएका हुन् । ऋण तिर्नका लागि अर्को संस्थाबाट ऋण लिनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । ऋण असुलीका नाममा संस्थाले गाली बेइज्जती र चरित्र हत्यासमेत गर्न थालेको पीडितको गुनासो छ ।

आफ्नो घरबार र सम्पत्ति नै छोडेर हिड्नुपर्ने अवस्था आएपछि लघुवित्त वित्तीय संस्थाविरुद्धमा संघर्ष समिति गठन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पनि घटनाको विषयमा अध्ययन गरिरहेको बताएको छ । वित्तीय संथाको आवरणमा गैरकानूनी कार्य गरिएको रहेछ भने कारवाही हुने कार्यालयले बताएको छ ।

वित्तीय संस्थाले चेताना विस्तार नगरी ऋण प्रवाह गर्दा स्थानीय पीडित बनेका छन् । झन् किस्ता उठाउने नाममा भोग्नुपरेको दुर्व्यवहारले उनीहरुलाई थप चिन्तित बनाएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *