रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाको आरोप

६ फागुन २०७८ न्युयोर्क । रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।
युक्रेन प्रवेशका लागि रुसले विभिन्न झुठा अभियान सञ्चालन गरिरहेको राष्ट्रपति जो बाइडेनले बताएका छन् । यसका लागि रुस फल्स फ्ल्याग अपरेशनमा संलग्न रहेको बाइडेनको दाबी छ ।
फल्स फ्ल्याग अर्थात झूटा झण्डा भन्नाले प्रतिशोधको औचित्य प्रमाणित गर्नका लागि एक देशले आफ्नै स्वार्थविरुद्ध चरणबद्धरुपमा गर्ने झुठा आक्रमण हो ।
मस्कोले आक्रमणको औचित्य प्रमाणित गर्न सक्ने धेरै तरिकाको सूची तयार गरेको पनि बाइडेन प्रशासनको दाबी छ ।
उता रुसले अमेरिकी दाबी निराधार भएको र अमेरिकाले अनावश्यक रुपमा तनाव बढाइरहेको आरोप लगाएको छ ।
रुसले युक्रेनी सिमानाबाट आफ्नो सेनालाई हटाउँदै आएको दाबी गरेपनि पश्चिमा देशले यसको प्रमाण नपाइएको बताउँदै आएका छन् ।
प्रतिक्रिया