कला/मनोरञ्जन
प्रकाश सपुत अभिनित ‘ए साथी बाँचे पो जिन्दगी’ म्युजिक भिडियो सार्वजनिक
२०७८ फागुन ३ गते १८:१७
![प्रकाश सपुत अभिनित ‘ए साथी बाँचे पो जिन्दगी’ म्युजिक भिडियो सार्वजनिक](https://www.himalayatv.com/wp-content/uploads/2022/02/prakash-saput1644903083.jpg)
काठमाडौँ । चर्चित गायक प्रकाश सपुत अभिनित म्युजिक भिडियो ‘ए साथी बाँचे पो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।
अमृत भारतीको शब्द रहेको गीतमा राम कुमार नेपाली, संजय श्रीपाल र पबिन्द्र सुनारको स्वर रहेको छ ।
संजय श्रीपालको संगीत संयोजन, मिक्सिंग, मास्टरिङ्ग रहेको गीतमा राम कुमार नेपालीको संगीत छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई क्रान्ति केसीले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोमा प्रकाश सपुतका साथै सन्तोष खनाल, पुष्पराज अवस्थी, शालिक भण्डारी, राधा श्रेष्ठ, धिरेन्द्र खड्का र निराजन केसीलगायत रहेका छन् ।
प्रतिक्रिया