सात दशकदेखि स्तरोन्नतिको पर्खाइमा दाङ विमानस्थल (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ दाङ । तुलसीपुरमा रहेको दाङ विमानस्थल स्तरोन्नतिको पर्खाइमा रहेको लामो समय बितिसकेको छ । तर निर्माणको सात दशक पुग्न लाग्दा पनि स्तरोन्नति राजनीतिक दलको चुनावी नारामा मात्रै सीमित बनेको छ ।
२०११ सालमा बनेको दाङ विमानस्थल अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । धावनमार्ग सानो हुँदा ठूला जहाजले उडान र अवतरण गर्न सक्दैनन् । पटकपटक विमानस्थल विस्तारको कुरा उठे पनि आवश्यक जग्गासमेत व्यवस्था हुन सकेको छैन । विमानस्थल विस्तारका लागि दक्षिणतर्फ ठाउँ भए पनि काम भने भएको छैन ।
विमानस्थल विस्तारका लागि निजी क्षेत्रले बारम्बार कुरा उठाउने गरेको छ । निजी क्षेत्रको माग सुनुवाइ नहुँदा आम नागरिकसँगै आफुहरुले पनि समस्या भोग्नु परेकोव्यवसायीको दुखेसो छ ।
सञ्चालनमा ल्याउन सके विमानस्थल यात्रुको उपलब्धता, मौसम र भौगोलिक बनावटले पनि उपयुक्त छ ।
विमानस्थल विस्तारलाई राजनीतिक दलले चुनावी नारा मात्रै बनाएको स्थानीयको बुझाइ छ । तर दलका नेताहरु भने आफूहरुले सक्दो प्रयास गरिरहेको दाबी गर्छन् ।
६७ वर्ष अघि बनेको दाङ विमानस्थलको विकास र विस्तारमा सम्बन्धित पक्षले छिटोभन्दा छिटो काम गर्नु नै अब एक मात्र विकल्प देखिन्छ।
प्रतिक्रिया