समाज

ढुङ्गामा प्रेमिल मूर्ति कुँद्नेहरु…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २ गते २०:१७
ढुङ्गामा प्रेमिल मूर्ति कुँद्नेहरु…(भिडियो रिपोर्टसहित)

२ फागुन २०७८ बुटवल । बुटवलमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल मणिमुकुन्द सेन उद्यानका ढुङ्गामा मूर्तिकारहरुले माया र प्रेमका प्रतीकहरु बनाउन थालेका छन् । मूर्तिकला कार्यशालाको आयोजना गरेर मुना मदन बाटिकामा रहेका ढुङ्गामा प्रेम झल्काउन शुरु गरिएको हो ।

प्रेममा प्रयोग गरिने एउटा भनाइ छ, ढुङ्गा जस्तो मन नहोस् । तर, बुटवलको मणिमुकुन्द सेन उद्यानमा कठोर ढुङ्गामा प्रेम दर्शाउदैछन् मूर्तिकारहरु । देशभरका १७ जना मूर्तिकारले १५ वटा मूर्ति तयार गर्नेछन् । मूर्तिहरु माया र प्रेम भाव दर्शाउने हुनेछन् ।

नेपाल ललितकला प्रतिष्ठान काठमाडौंका कलाकारहरु १६ दिनसम्म मणिमुकुन्द सेन उद्यानको ‘मुना–मदन’ बाटिकामा रहनेछन् । उनीहरुले आफ्नो प्रेम भावना ढुङ्गामा पोख्नेछन् ।

अंग्रेजलाई नेपालले परास्त गरेको जितगढी किल्ला, दुई सय पचास वर्ष पहिले स्वामी नारायण बसेको ठाउँ र पाँच सय वर्ष पहिला शेन वंशीय राजाको दरबार रहेको यस क्षेत्रमा बन्ने मूर्तिले यूवालाई थप आकर्षित गर्नेछ । यत्रतत्र रहेका ढुङ्गामा मूर्ति बन्ने भए पनि यसको सुन्दरता बढ्नेछ ।

बुटवलको फुलबारी घुम्न लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् । मुनामदन पार्क बनेसँगै यसको शोभा, महत्व र आकर्षण बढ्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *