समाज

किन गुड्यो रित्तो रेल ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १ गते २०:२८
किन गुड्यो रित्तो रेल ?(भिडियो रिपोर्टसहित)

१ फागुन २०७८ जनकपुर । जनकपुर–जयनगर रेल सेवा आजदेखि परीक्षण संचालनमा आएको छ। परीक्षण सञ्चालन विधिवत उदघाटन नहुँदासम्म जारी रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

खरिद गरेर ल्याएको १६ महिनासम्म थन्किएको रेल आइतबार परीक्षण सञ्चालन गरिएको छ । २०६७ सालदेखि बन्द रहेको नेपालको एक मात्र रेलसेवा कहिलेदेखि चल्ने भन्ने अझै एकिन नभए पनि परीक्षण भने निरन्तर चल्ने भएको छ ।

फागुनको दोस्रो सातादेखि भारत बिहारको जयनगरदेखि धनुषाको कुर्थासम्मको सेवा शुरु गर्ने तयारी भइरहे पनि दुई देशका प्रधानमन्त्रीबाट रेल सेवा उदघाटन गराउने रेल्वे कम्पनीको योजना छ । तर उद्घाटन मिति तय भइसकेको छैन । उद्घाटन नभएसम्म निरन्तर परीक्षण भने भइरहने छ ।

सशस्त्र प्रहरी बलका डीआइजी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सवार रहेको नेपाल रेल्वेको पहिलो दिनको परीक्षण शुरु हुँदा जनकपुरधाम र आसपासका जनता भने सेवा सञ्चालनको व्यग्र प्रतीक्षामा छन् ।

सेवा बन्द भएपछि सुस्ताएको जनकपुरधामको बजार रेल सेवा सञ्चालनपछि पुन फस्टाउने र भारतीय सरसमान जनकपुरधाममै सहज उपलब्ध हुनेछ। यसले नेपाली नागरिकलाई भारतीय बजार धाउनपर्ने समस्या रेल्वे सञ्चालन पछि अन्त्य हुने व्यापारीको विश्वास छ ।

रेल चलाउनका लागि आवश्यक कानून भने अझै बन्न सकेको छैन। यसले गर्दा रेल नियमित सञ्चालन कहिले हुन्छ यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *