खेलकूद
चार देशीय टी–२० क्रिकेट : यूएईसँग आयरल्याण्ड १३ रनले पराजित
२०७८ फागुन १ गते १५:३१

१ फागुन २०७८ काठमाडौं । चार राष्ट्र सहभागी ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलामा यूएईले लगातार दोस्रो जीत निकालेको छ ।
आफ्नो पहिलो खेलमा नेपाललाई २५ रनले पराजित गरेको यूएईले आज आयरल्याण्डलाई १३ रनले हराएको हो ।
एक सय ७९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा एक सय ६५ रन मात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ७८ रन बनाएको थियो ।
प्रतिक्रिया