समाज

बीउ उत्पादन पेशाबाट पलायन हुँदै किसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २९ गते २०:१७
बीउ उत्पादन पेशाबाट पलायन हुँदै किसान (भिडियो रिपोर्टसहित)

२९ माघ २०७८ बागलुङ । कुनै समय बागलुङको जैमिनी नगरपालिका १, कुश्मीसेराका किसान बीउ उत्पादन तथा विक्रीवितरण गरेर राम्रो आम्दानी गर्दथे । बढ्दो बजारीकरण, वैदेशिक रोजगारमा युवा आकर्षण बढ्नु र अस्वस्थ प्रतिपर्धा बढ्दै गएपछि बीउ उत्पादन पेशाबाट किसान पलायन हुँदै गएका छन् ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालय बागलुङ २०५२ सालमा कोशी पहाडी तरकारी आयोजना र बीउबीजन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम पश्चात यस क्षेत्रका एक सय किसानले झण्डै ८ सय रोपनी जमिनमा तरकारी बिउ उत्पादन गर्दथे । तर, वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै बीउ उत्पादन गरी बेच्नेको संख्या घटेको छ ।

सिजन अनुसार बीउ उत्पादन गर्ने किसानलाई घरसम्म आइपुगेका ग्राहकलाई बीउ बेच्दै फुर्सद हुँदैनथ्यो । काठमाडौं, पोखरा लगायतका ठाउँबाट बीउ लिन ग्राहकहरु घरघरसम्म पुग्थे । तर, अहिले उत्पादन शून्य भएपछि बीउ लिन आउने ग्राहक नै भेटिन छाडेका छन् ।

स्थानीय रुपमा बीउ उत्पादन कम भएपछि अहिले किसान अन्य जिल्लाबाट ल्याउन बाध्य छन् ।

कृषि विकास कार्यालयको अवधारणा हटेपछि बागलुङका किसानले अभिभावकविहीन महशुस गरेका छन् । अहिले जिल्लामा नै स्थापना भएको कृषि ज्ञान केन्द्रले बीउ उत्पादक लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

कृषि प्रधान देशमा किसान कृषि पेशाबाटै पलायन हुनुले पक्कै राम्रो सङ्केत गर्दैन । किसानलाई पेशामै जोगाई राख्नका लागि सहज वातावरण र उत्प्रेरणाको खाँचो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *